इटहरी / ।विद्युतीय रिक्सा (सिटी सफारी) का चालकहरुले आफूहरुलाई चालक अनुमति पत्र (लाइसेन्स) दिनुपर्ने माग गदैं उपमहानगर घेराउ गरेका छन् । लामो समय देखि सफारीको लाइसेन्स नभएको भन्दै चालकहरुले आफुहरु लाइसेन्स नपाउदा पिडित भएको बताएका छन । उनीहरुले स्थानीय सरकार विरुद्ध इटहरी उपमहानगरपालिमा धर्नासमेत दिएका छन ।
आइतबार सफारी चालकहरुले लाइसेन्स वितरण प्रक्रिया झनझटिलो भएको भन्दै स्थानीय सरकारबाट लाइसेन्स वितरणको माग गरे । लामो समय देखि सफारी कुदाउँदै आएका उनीहरुले स्थानीय सरकार विरुद्ध नाराबाजी समेत गरे । स्थानीय सरकार आए पनि सरकारको अनुभुती नभएको भन्दै स्थानीय सरकारको राजीनामासमेत माग गरे ।
उनीहरुले ई–रिक्सा चलाउदा घटना वा दुर्घटना भई ज्यान जाने तथा मुद्दा दर्ता हुन सक्ने भएकाले त्यस्ता घटना हुन नदिन सिटी रिक्सा चालकलाई अनुमतीपत्र दिनुपर्ने माग गरेका हुन । इटहरी उपममहानगरपालिका अगाडी भेटिएका सफारी चालक वीरेन्द्र शाहले भने ‘आफ्नै देशमा केही गरौ भनेको सरकारी पक्षबाटै पीडित भईयो ।’ लाइसेन्स वितरण प्रक्रियालाई सहज बनाउँन माग गर्दै उनले आफुहरु लाइसेन्स नुहदा ट्राफिक प्रहरीबाट पिडित भएको बताएका छन ।
लाइसेन्स वितरण प्रणालीमा यातायात कार्यलयले समेत वेवस्ता गदै आएको भन्दै सफारी चालकहरु आक्रोशित भएका हुन । लामो समय देखि सफारी चलाएर घरबार चलाउँदै आएका उनीहरुले लाइसेन्स समयमा नपाएको भन्दै आपत्ती जनाउँदै आएका छन । इटहरी उपमहानगरले जथाभावी सिटिसफारीलाई अनुमती दिए पनि अधिकांसले अहिले लाइसेन्स विनानै सफारी चलाउँदै आएका छन ।

अधिकांस लाइसेन्स छैन
अधिकाश चालकसँग अनुमति पत्र छैन । यातायात व्यवस्था कार्यालयले नियमित अनुमति पत्र नखुलाउँदा व्यवसायी समेत समस्यामा पर्दै आएका छन् । रुट परमिट अनुसार चल्नु पर्ने सफारी राजमार्ग भित्र जथाभाबी लाइसेन्स विनानै सञ्चालन गदै आएका छन ।
सवारी चालक अनुमति पत्र नहुनु र प्रर्फेक्ट चालक नहुदाँ दुर्घटना बढेको ट्राफिक प्रहरी कार्यालय इटहरी स्वीकार्छ । २ बर्ष देखि इटहरीमा सफारी कुदाउँदै आएका मार्केट धामीले भने म सँग लाईसेन्स छैन तर सफारी कुदाउँनु बाध्यता हो । उनले भने मेरो मात्र हैन अधिकांस सफारी चालकको लाईसेन्स छैन के भोकै बस्नु त ? उनले प्रश्न गरे । उनले अधिकांस सफारी चालक लाइसेन्स (सवारी चालक अनुमति पत्र) पाएका छन् ।
पर्किङ समस्या
इटहरीको प्रमुख समस्या भनेकै पार्किङ हो । तिव्र रुपमा शहरीकरण हुँदैछ। तर पार्किङ उचित छैन । इटहीको समस्या सिटी सफारी हो, सफारी चालकसँग न लाईसेन्स हुन्छ। न कता जाँदा कुन लाईट बाल्ने भन्ने ज्ञान नै हुन्छ। त्यसकारण समस्या हुदै आएको छ ।
इटहरीमा पनि ठूला–ठूला मार्केट छन् तर पार्किङ छैन । सडकमा जताततै सफारी समस्या बन्न थालेको छ । इटहरी उपमहानगरपालिकाले जथाभाबी सफारी दर्ता गराउँदा अहिले समस्या हुन थालेको छ । विभिन्न राजनीतिक दलहरुको सिफारिसमा वितरण भएको दर्ता प्रणाली अहिले इटहरी उपमहानगरको लागि टाउँको दुखाई बन्दै गएको छ ।
पछिल्लो समयमा बजार क्षेत्रमा थपिएका विद्युतीय रिक्साले मानिसलाई छोटो यात्रामा सहजता थपेको छ । तर, यो सँगै विद्युतीय रिक्सा व्यवस्थापन हुन नसक्दा मानवीय जोखिम पनि उत्तीकै बढेको छ । मानिसलाई सुविधा प्राप्त भए पनि व्यवस्थापनमा समस्या देखिएको छ ।