ब्लाष्टखबर । अमेरिकाले इरानका कमाण्डर जनरल कासिम सुलेमानीको हत्या गरेदेखि इरान र अमेरिका  आमने सामनेकाे अवस्थामा रहेको छ। सुलेमानीको  हत्या गरेपछि आक्रोशित इरानले ट्रम्पको टाउको ल्याउनेलाई इरानले ८ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ।

 द मिररको रिपोर्ट अनुसार जनरल सुलेमानीको अन्त्येष्टिका क्रममा एक संस्थाले ट्रम्पको टाउको काटेर ल्याउनेलाइ उक्त रकम इनामदिने घोषणा गरेको हाे । 

जसका लागी संस्थाले इरानमा रहेकाे ८ कराेड नागरीकहरूमा प्रत्येकलाइ एक डलर दान गर्न अनुराेध पनि गरेकाे द मिररले जनाएकाे छ । 

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगातार इरानलाई धम्की दिदैछन्। उनको टाउकोमाथी  इनाम राखीए पछि एक  ट्वीट मार्फत  इरानले कुनै अमेरिकी स्थापना र अमेरिकीलाई चोट पुर्‍यायो भने त्यसको जवाफ तुरुन्तै र पूर्ण रूपमा खतरनाकपूर्ण जवाफ दिने बताएका छन् ।