ब्लाष्टखबर । अमेरिकी ड्रोन आक्रमणमा इरानी सैन्य कमान्डर मारीए संगै बदलाकाे आगाेमा  जलिरहकाे इरानले इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा  आक्रमण गरेको छ । 

गत शुक्रबार बग्दादस्थित विमानस्थलमा अमेरिकाले ड्रोन आक्रमणमा सैन्य कमान्डर कासिम सुलेमानी मारीए संगै क्रुद्ध बनेको इरानले त्यसको जवाफ  स्वरूप  दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको बताएकाे छ ।

अमेरिकी रक्षा विभागले इरबिल र अल-असदका अलग-अलग सैन्य अखडामा इरानबाट मिसाइल आक्रमण भएको पुष्टि गरेको भएपनी  कती क्षयती भयाे भन्ने पुष्टी गरी सकेकाे छैन  ।

इरानी सरकारी टेलिभिजनले इराकस्थित अमेरिकी सैन्य अखडामा इरानले आक्रमण गरेको जनाएको छ । सुलेमानीको सब यात्राकाक्रममा अमेरीकी सैनीक माथी अाक्रमण गरीने बताएकाे इरानले मंगलबार अन्त्येष्टि गरिएलगत्तै इरानले अमेरिकी सेनामाथि आक्रमण गरेको हो । इरानले अमेरिकालाई सहयोग गर्दै आएकाहरुलाई पनि आक्रमण गर्ने चेतावनी दिएको थियाे ।

घटनाकाे प्रतिक्रीया दिदै अमेरिकी राष्ट्रपती डोनल्ड ट्रम्पले सबै ठिकठाक रहेकाे बताएका छन् । उनले घटनाकाे अध्यान भइरहकाे जनाउदै एक  ट्वीट गर्दै भनेका छन्, ‘अल इज वेल  इराकका दुई सैन्य अड्डामा इरानबाट मिसाइल आक्रमण भएको छ। आक्रमणबाट भएको मानवीय र भौतिक क्षतिको अध्ययन हुँदैछ। अहिलेसम्म सबै ठीक छ। हामीसँग अहिले संसारकै सबैभन्दा बलियो र शस्त्रले सुसज्जित सैनिक छ। यसबारे म भोलि बिहान प्रतिक्रिया दिनेछु ।’

 

उत, इरानमा १८० यात्रु सवार बेइग विमान दुर्घटना भएकाे छ । 

राजधानी तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ । दुर्घटना कमाण्डर  सुलेमानीहत्या गरीकाे बदलामा अमेरिकी सेना बसेका दुई स्थानमा आक्रमण गरेको थियो ।

तथापी दुर्घटना इरानी टेलिभिजनहरुले प्राविधिक कारणले भएकाे बताएका छन् । विमान दुर्घटनामा भएकाे क्षतिको विवरण आइसकेको छैन ।

नागरिक उड्डयनका प्रवक्ता रजा जाफरजादेहले तेहरानको दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको जानकारी दिँदै भनेका छन्, ‘जाँचबुझका लागि दुर्घटनास्थलमा टोली खटिएको छ ।’