ब्लाष्टखबर । इरानमा बेलायती राजदूत रब मकेयर पक्राउ गरेकाे छ ।

इरानमा भएकाे  युक्रेनी विमान दुर्घटनामा परि मर्नेहरूका आफन्तले गरेकाे शाेक सभा तथा प्रदर्शनमा  सहभागी भई प्रर्दशनकारीलाई भड्काएकाे आराेपमा इरानका लागी बेलायती राजदूत रब मकेयर पक्राउ परेका हुन् ।

विमानलाई भुलवश खसालिएको इरानी अधिकारीले स्वीकार गरेपछि आफन्तहरूले राजधानी तेहरानमा   सरकार विरोधी प्रदर्शन गरेका थिए ।पक्राउ गरेका राजदूत मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको  जनाइएकाे छ ।

राजदूत पक्राउ गरेसंगै बेलायती विदेशमन्त्री डोमिनिक राबले कुनै कारणबिना पक्राउ गर्नु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको बताएका छन् । भने इरानले सरकारकाे विराेधमा भएकाे प्रर्दशनमा सहभागी भई प्रदर्शनकारीलाई भड्काएको बताएका छन् ।