वराहक्षेत्र । महिला अनुयायी बलात्कारका अभियुक्त सिद्धबाबा, कृष्णदाश भनेर चिनिने कृष्णबहादुर गिरी विरुद्ध महिला अधिकारकर्मीले चतरामा मौन धर्ना गर्दै भोक हड्ताल गरेका छन् ।

शिरमा कालो कपडा बाधेका करिव सय जनाको समुहमा अधिकारकर्मीहरु बुधबार वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ र २ को संयुक्त कार्यलय अगाडी धर्ना दिएका थिए ।

धर्नामा माहिला अधिकारकर्मी तथा महिला नेत्री देउमाया थापा मगरले ठूलो ठूलो शक्ति र व्यक्तिको दबाबमा कृष्णदाशले छुट पाएको भन्दै बलात्कारीलाई नेपाल सरकारले जोगाएको अरोप लगाईन । "यो सरकारले सभामुख जस्तो व्यक्तिलाई जेलमा हाल्ने अनि कृष्णदाशलाई कसरी छोड्यो ", उनले आक्रोश व्यक्त गरिन् ।

गत कार्तिक ४ गते आफुलाई कृष्णदाशले चतरा स्थित आश्रममा बोलाएर बलात्कार गरेको आरोप महिला अनुयायीले लगाएपनि सुनसरी प्रहरी उजुरी लिन मानेको थिएन् ।मिडिया र जनताको व्यापक जनदबाब पछि, विराटनगरको एक अस्पतालमा बिरामी बनेर लुकेर बसेका अरोपी कृष्णदाशलाई प्रहरीले नाटकिय रुपमा मंसीर १६ गते पक्राउ गरेको थियो ।

आरोपी कृष्णदासलाई सुनसरी जिल्ला अदालतले,थुनछेक बहसमा , राधाकृष्ण उप्रेतीको एकल इजलासले पिडित महिलाले कृष्णदाशलाई एकतर्फी पठाएको प्रेमरसका सन्देशको आधारमा बलात्कार भन्न नमिल्ने भन्दै, पुष १५ गते ३ लाख धरौटीमा छाोड्न आदेश दिएका थिए ।

सुनसरी जिल्ला अदालतले धरौटीमा छोडेपछि, बलात्कार अाराेपी कृष्णदाश विरुद्ध प्रदर्शन भईरहेका छन् । विराटनगर उच्चअदालतले घटनाको सम्पूर्ण मिसिल उपलब्ध गराउनु भनेपछि भोली कृष्णदासको उच्च अदालतमा पेशी हुँदैछ ।