विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनताको विकास र समृद्धिको चाहना पुरा हुने गरी काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
मन्त्रीसहित आइतबार नियुक्त भइ सपद ग्रहण गरेका राज्यमन्त्रीहरुलाई निर्देशन दिदै मुख्यमन्त्री राईले प्रदेशवासीको विकास र समृद्धिको चाहनालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिएका हुन् ।
‘महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेसँगै तपाईहरुको अग्निपरीक्षा सुरु भयो,’ मुख्यमन्त्री राईले भने, ‘तपाईहरुले यो ऐतिहासिक कार्यभार सफलता पूर्वक निर्भाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’ मुख्यमन्त्री राईले दुई दिनभित्र प्रष्ट रुपले कार्यविभाजन गरेर काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन समेत दिए । ‘कामगर्न तपाईहरु अल्मलिनु पर्दैन्, मुख्यमन्त्री राईले भने, ‘जनताको मन जित्ने गरि काम गरिनुपर्दछ । कामको आधारमा जिम्मेवारी बाँडफाड र एक आपसमा छलफल गरेर राम्रो नतिजा देखाउनुहोस् ।’
कुनै पनि विवादास्पद निर्णय नर्गन निर्देशनदिदैं मुख्यमन्त्री राईले आत्तिने, मात्तिने र अयोग्य हुने छुट नरहेको समेत बताए । आफूले भ्रष्टचारमा शुन्य सहनशिलताको नीति अख्तियार गरेको बताउँदै उनले कामलाई छिटो, छरितो र पारदर्शी ढंगले अगाडि बढाउन मन्त्री र नवनियुक्त राज्यमन्त्रीहरुलाई निर्देशन दिए ।