धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुरुष छात्राबासमा अनावश्यक व्यक्ति प्रवेश गरेको भन्दैं मंगलबार राती भएको अभिभावक र विद्यार्थीविचको विवाद समाधान भएको प्रतिष्ठानले जनाएकाे छ ।
नयाँ विद्यार्थीहरुलाई सिनियरले गर्ने ¥यागिङ गरेको थाहा पाइए प्रशासनले कारवाही गर्ने र अभिभावकहरु कुनै पनि गुनासो लिएर आउदा प्रशासनलाई गुनासो गर्ने गरि विवाद समाधान गरिएको प्रतिष्ठानका डिन सिवि झाले जानकारी दिए ।
प्रतिष्ठान डिन सिवि झाले अभिभावकले हामीलाई नभनि सिधै होस्टलमा जादा विद्यार्थीहरुले नियन्त्रणमा लिएका रहेछन् । विद्यार्थी, अभिभावकसँगसँग छलफल गरेर समाधान गरिएको बताए । ‘¥यागिङ’ प्रतिष्ठानमा बन्देज गरिउको छ । त्यस्ता भए र नयाँ विद्यार्थीहरुले प्रशासनमा उजुरी गरे कारवाही गछौं ।’–डिन झाले भने–‘अभिभावक र विद्यार्थीविच असमझदारी भएको रहेछ । समाधान ग¥यौं ।’
एमविविएस पहिलो बर्षमा अध्ययनरत भारतको सिलिगढीका एक भारतीय विद्यार्थीलाई सिनियर विद्यार्थीहरुले ¥यागिङ गर्दा ती विद्यार्थी होस्टल जान नमाने पछि पु¥याउन गएका सुनसरी उद्योग बाणिज्य संघका उपाध्यक्ष अनिल अग्रवालसहितका अभिभावकसँग विवाद भएको थियो । आफ्ना आफन्तलाई चरम मानसिक तथा शारिरिक याताना दिने सिनियर विद्यार्थीहरु विरुद्ध किटाणी जाहेरी दिने अभिभावक अग्रवालले बताए । ‘यस्तो जात्रा ठिक लागेन । शिर ठाडो गरेरसमेत हेर्न नहुने गरि यातना दिने कस्तो अनुसासन हो । यसले कुनै समय दुर्घटना निम्तिने देखियो त्यही भएर हामी पीडित विद्यार्थीको तर्फबाट प्रहरीलाई किटानी जाहेरी दिने तयारीमा छौं ।’– अग्रवाले भने ।
पुरुष छात्राबासको होस्टल नं ६ मा बस्ने विद्यार्थीहरुले बाहिरको मान्छे आएर असुरक्षित भएका भन्दैं २ घण्टा लामो समय होस्टल भित्रै थेनेर बन्धक बनाएका थिए । उनीहरुले राती होस्टलमा प्रवेश गरेर विद्यार्थीहरुलाई धम्काएको बताउदैं आएका छन् । प्रहरी आएर उनीहरुलाई त्यहाँबाट लिएर गएको थियो ।
प्रतिष्ठानमा नयाँ भर्ना हुन आउने विद्यार्थीहरुलाई सिनियर विद्यार्थीहरुले नयाँसँग परिचयको नाममा एमविविएस प्रथम बषृमा भर्ना हुन आउने विद्यार्थीहरुलाई ¥यागिङ गर्ने गरेको पाइएको छ । सिनियरले नयाँ विद्यार्थीहरुलाई अनावश्यक यातना दिने, नचाहिदो काममा लगाउने, गिज्याउने गर्दा उनीहरु मानसिक समस्यामा पर्ने गरेका छन् । लामो समयदेखि यस्तो समस्या नयाँ विद्यार्थीहरुले भोग्दैं आएको बताइएको छ । ती भारतीय विद्यर्थाी पनि ¥यागिङको शिकार भए पछि होस्टल नजाने बरु आत्महत्या गर्ने बताए पछि अभिभावकले लिएर गएको बताइएको छ ।