इटहरी /  इटहरीका मेयर द्वारिकलाल चौधरीले इटहरी १० मा सडक अतिक्रम गरेको भन्दै सुकुम्बासी बस्तीमा डोजर चलाएका छन । इटहरी १० ल्याण्डफिल्ड साईड जाने कालोपत्रे सडक आसपासमा बस्दै आएका केही घरमा शनिबार विहान मेयर चौधरी आफैले डोजर लिएर बस्ती भत्काएका हुन ।
लामो समय देखि ल्याडफिल्ड जाने बाटो अतिक्रमण गरेर बस्दै आएका सर्वसाधरणहरुको घरमा डोजरले घर भत्काई दिएका हुन । डोजर, नगरप्रहरी, नेपाल प्रहरी र दमकलसमेत लिएर बस्ती भत्काउन पुगेको इटहरीका मेयर तीन घर भत्काएर फर्किएका थिए । तीन बर्षदेखि मौखिक निर्देशन नमाने पछि अहिले घर भत्काएको मेयर चौधरीले बताए ।
सडक क्षेत्रको जग्गामा बाटो अतिक्रमण गरेर बनाएको घर टहरा नहटाए पछि आफुले डोजर बोलाएर ३ वटा घरको संरचना भत्काईदिएको इटहरीका मेयर द्वारिकलाल चौधरीले बताए । कालोपत्रे गर्ने आएको बजेट सुकुम्बासीहरुले अतिक्रमण गरेकै कारण फ्रिज हुदै आएको मेयर चौधरीको आक्रोस थियो । उनले बारम्बार मौखिक अनुरोध गर्दा समेत बाटोको जग्गा छोडेनन,मैले भत्काईदिए उनले भने ।
लामो सयमदेखि इटहरीको समस्याको रुपमा रहेको डम्पिङ साईड निमार्णधिन भए पनि नबन्दा इटहरीको फाहोर चारकोशे झाडीमा फालिदै आएको छ । तर त्यहाँ सम्म जाने बाटो कालोपत्रे पनि रोकिएकोले समस्या भएको थियो । नेपाल प्रहरी र नगरप्रहरी समेत लिएर घर भत्काउन गएका थिए । भत्काउन अवरोध गर्छन भनेर पानीको फोहोरा हाल्न दमकल समेत लिएर गएको बताइएको छ । यहाँका स्थानीयहरुले सडकको जग्गामा घर टहरा भत्काएको कारण लामो समय देखि निमार्णधिन ल्याण्डफिण्ड साईड समेत अबरोध भएको भन्दै आक्रोस ब्यक्त गरे । बारम्बार अनुरोध नमाने पछि मैले के गर्ने ? उनको प्रश्न थियो । सरकारी जग्गा अतिक्रमण गर्नेहरुलाई कडाईका साथ कार्वार्ही गर्ने अभियान फेरि सुरु गरेको उनको भनाई थियो ।