रक्तचाप अथवा ब्लड प्रेसर हरेक मानिसलाई सामान्य मात्रामा हुन्छ । यो हुनु भनेको नै मानिस जीवित रहनु हो । रक्तचाप सामान्य भन्दा धेरै भयो भने उच्च रक्तचाप र सामान्य भन्दा कम भयो भने न्यून रक्तचाप भनिन्छ । मुटुको खुम्चिने र फैलिने प्रक्रिया आमाको गर्भमा हुँदादेखि नै शुरु हन्छ र जीवनको अन्तिम समयसम्म रहन्छ । जुनबेला मुटुको गति हुँदैन त्यही बेला मानिसलाई मृत घोषित गरिन्छ । त्यसैले मुटु खुम्चिदा र फैलिदा मुटुमा भएको रगत रक्तनसा भएर शरीरमा पुग्ने क्रममा रगतको बेगले नसामा देखाउने दबाबलाई रक्तचाप भनिन्छ । मुटु खुम्चिदा रक्तनसामा देखिने अधिकतम दबाबलाई सिस्टोलिक (माथिको) र मुटु फैलिदा रक्तनसामा देखिने दबाबलाई डइस्टोलिक(तलको) प्रेसर या रक्तचाप भनिन्छ । औसत रक्तचाप १२०/८० एमएमअफ एचजी हो तर प्लस या माइनस १५ लाई सामान्य मानिन्छ । यदि सामान्य भन्दा कम देखिएमा न्यून रक्तचाप र धेरै देखिएमा उच्च रक्तचाप मानिन्छ ।

सामान्यतया १४०/९० एमएम अफ एचजीलाई बोर्डर विन्दु भनिन्छ । यदि यो लामो समय रही रहेमा या उच्च अवस्थामा देखिएमा नियन्त्रण गर्ने औषधिको आवश्यकता पर्छ । रक्तचाप उच्च भएमा टाउको दुख्ने, तनावमा रहने, चाँडै रिसाउन, टाउको या हातखुट्टा निदाउने जस्ता लक्षण हुन्छन् भने न्यून रक्तचाप भएमा कमजोरी देखा पर्ने, धेरै निन्द्रा आउने, थकाइ लाग्ने, काममा मन नलाग्ने जस्ता लक्षणहरू देखा पर्छन् । न्यून रक्तचाप भएमा सामान्यतया झोलिलो र पोषिलो खाना खाएमा ठिक हुन्छ । अन्य रोग जस्तो हाइपो थाइराइड् या विभिन्न प्रकारका भिटामीनको कमी या अन्य रोग हुन सक्छ । जसको समयमा नै उपचार भए न्यून रक्तचाप बढेर सामान्य अवस्थामा आउँछ । उच्च रक्तचापलाई समयमा नै नियन्त्रणमा राख्न सकिएन भने यसले मृगौला, आँखा या मस्तिष्कलाई नै असर गर्ने र कि त पक्षघात कि त अचानक मुत्यु र सबै भन्दा धेरै जोखिम भनेको मृगौला फेल हुने हुन्छ । त्यसैले बेलैमा सचेत भएर कम्तीमा ३० वर्ष नाघेका र जोखिम बढी भएका कुनै पनि उमेर समूहले नियमित रक्तचापको जाँच गराउनुपर्छ ।

रक्तचाप जाँच गरेर मात्रा थाहा पाउन सकिने हुँदा यसका लक्षणहरू सबै मानिसमा नदेखिन सक्छन् । आजकल धेरै मानिसहरू तनावमा काम गनेर्, रातिको सुताइ र आराम कम हुने, खानामा अत्यधिक चिल्लो, मसला, मासुजन्य परिकार, फास्टफुड अनि चुरोट पिउनेका सङ्ख्या बढेको छ । एकै पटकको बसाइमा पोलेको मासु, चुरोट र मातक पदार्थ सेवन गरिन्छ । यसमा चिल्लो, नुनिलो र निकोटिन धेरै हुने भएकाले रक्तचाप बढ्ने, केलेस्ट्रोल बढ्ने र ज्यान पनि मोटो हुने गर्छ । परिणाममा उच्च रक्तचाप या मधुमेह देखिन सक्छ । जसको समयमा नै नियन्त्रण नभएमा विस्तारै रक्तचापका कारण मृगौलामा पनि अनावश्यक दबाव पर्न जान्छ । थाहै नपाई मृगौला फेल हुनेको सङ्ख्या दिन प्रतिदिन बढेको बढेकै छ ।

सामान्यतया मृगौलाको आफ्नो काम मुटुबाट आएको रगतमा रहेका शरीरलाई नचाहिने तŒवहरू छानेर पिसाबमार्फत् बाहिर फ्याँक्ने हो । जस्तै सोडियम, पोटासियम जस्ता अनेकन तत्वलाई त्यहाँ रहेका असङ्ख्य सूक्ष्म नेफ्रोनहरूले छानेर आवश्यक मात्रामा राख्ने र अनावश्यकलाई पिसाबको माध्यम भएर बाहिर निकाल्ने काम गर्छन् । साथमा विभन्न प्रकारका हर्मोनको उत्पादन गर्ने काम पनि गर्छन् । यदि मृगौलामा अनावश्क दबाव या रक्त सञ्चारमा अनियमितता भएमा नियमित काममा गडबढी हुन पुग्छ । परिणाम विस्तारै मृगौलाले काम गर्न कामी गर्दैै जान्छ । जसलाई हामी किड्नीको कमजोरी या धेरै देखिएमा फेल भएको भन्दछौँ । यसको मुख्य कारण उच्च रक्तचाप नै हो ।

अन्य कारणहरू पनि हुन्छन् तर कमै मात्रमा हुन्छन् । लामो समय सम्म पिसाबमा खराबी, पथरिया, पानीको कमी, खानपान, अत्यधिक गर्मीमा बसाइ या काम गराइ, अनावश्यक पेनकिलरको सेवन, अत्यधिक र अनावश्यक औषधिको सेवन पनि मृगौला फेल हुने कारण हुन् । त्यसैले बेलैमा सचेत हुनु आवश्यक हुन्छ । पिसाबको सामान्य जाँचबाट पनि मृगौलाको अवस्था पत्ता लगाउन सकिने र रक्तचापको जाँचबाट रक्तचाप थाहा पाउन सकिने हुँदा विना ठूलो खचर्मा आप्mनो शरीरको अवस्था पत्ता लगाएर ढुक्क रहन सकिन्छ । यदि समयमा नै उपचार या सर्तकता नअपनाएमा धरै असहज परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । त्यसैले उच्च रक्तचापलाई स्लो प्वाइजन अथवा मन्द विष पनि भन्ने गरिन्छ । आजकल हरेक अस्पतालमा उच्च रक्तचाप भएका विरामीको सङ्ख्या धेरै पाइन्छ भने यसकै कारण मृगौला रोगी त्यसमा पनि मृगौला फेल भएका र डायलाइसिस गर्नेको सङ्ख्या बढेको देख्न सकिन्छ । यो अवस्थामा कित बाँचुन्जेल डाइलाइसिस कि त मृगौला प्रत्यारोपण । दुबै सहज भने छैनन् । नेपाल सरकारले यस्ता बिरामीलाई सहयोग गर्ने गरेको भए पनि त्यो अपर्याप्त छ ।

त्यसैले समयमा नै सजग रहौँ थोरै खाऔँ, धेरै पानी पिऔँँ । फास्टफुड, नुन, चिल्लो धेरै भएका खानेकुरा नखाऔँ । हरेक दिन व्यायाम र योग अभ्यास गराँै । तनाव कम गर्न सिकाँै । सामाजिक भावना राखौँ । र, समय समयमा या केही असहज हुने वित्तिकै चिकित्सकको सल्लाहामा मात्रै औषधिको सेवन गरौँ । विशेष गरेर मृगौला रोग लागि सक्दा पनि धेरैलाई समस्या या कुनै लक्षण नदेखिने हुँदा अझ धेरै सचेत रहन आवश्यक छ । मृगौला फेल भएका बिरामीमा मृगौलाले रगतमा भएका अनावश्यक तत्वलाई छानेर पिसाब मार्फत् बाहिर प्mयाँक्न सक्दैन । यसो हुँदा अनावश्यक तŒव शरीरमा नै जम्मा हुन पुग्छ ।

शरीर सुन्न्निने, पिसाब कम हुने, पेट सुन्निएर श्वास फेर्न कठिन हुने, वान्ता हुने, रगतको मात्रा घट्ने अथवा रक्त अल्पता देखा पर्ने, क्याल्सियमको मात्र घटेर जाने जस्ता लक्षण विस्तारै देखा पर्छन् । आजको स्वास्थ विज्ञानमा धेरै उपचार पद्धतिको विकास भएको छ । एलोप्याथिक उपचारमा औषधिले नभएमा डायलाइसिस या मृगौला प्रत्यारोपण हो । यता होमियोप्याथिक उपचार पद्धतिबाट मृगौला सम्बन्धी धेरै प्रकारका रोगको सफल उपचार हुनसक्ने आफू स्वयम्को पनि अनुभव रहेको छ । पथरिया, पिसाबमा पटक पटकको सङ्क्रमण, प्रोस्टेटका कारण पिसाबमा समस्या, र मृगौला फेल भएको खण्डमा र डायलाइसिस पूर्व नै होमियोप्याथिक उपचार लिएमा सहज, सरल र विना कुप्रभाव बिरामीको सफल उपचार हुनेकुरा पनि बिरामी वर्गमा आप्mनो अनुभव राख्न चाहन्छु ।