मधुमेह के हो ?
मधुमेहलाई अङ्ग्रेजीमा डायबिटिज मिलाइटस भनिन्छ र नेपालीमा चिनीरोग भनेर पनि चिनिन्छ । मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने गर्छ । यसरी चिनी बढी वा निकै कम भएर, नपचेर हुने रोग नै मधुमेह हो ।

मधुमेह लक्षणहरू के के हुन् ?
मधुमेह रोग लागेपछि निम्न लक्षणहरू देखिन्छन् : 
रगतमा चिनीको मात्रा बढी भएपछि तारनतार पिसाब लाग्नु,
धेरै तिर्खा लाग्नु र धेरै भोक लाग्नु जस्ता लक्षणहरू देखिन्छन् ।

मधुमेहमा किन समस्या हुन्छ ?
मधुमेह पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा उत्पन्न हुने समस्या हो ।

केही मधुमेहका किसिमहरू

टाइप वान डायबिटिज :
यो मानिसको पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेका कारण देखिने समस्या हो । यसलाई पहिला इन्सुलिनमा आधारित डायबिटिज मिलाइटस् वा अपरिपक्व मधुमेह भनेर चिनिन्थ्यो । के कारणले गर्दा पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन भन्ने तथ्य हालसम्म पत्ता लागेको छैन ।

टाइप टु डायबिटिज
यो इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या हो । यस्तो अवस्थामा शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन् । रोग बढ्दै गएपछि इन्सुलिनको अभाव पनि देखिन सक्छ । यसलाई पहिला इन्सुलिनमा आधारित नहुने डायबिटिज मिलाइटस् वा परिपक्व हुन लागेको मधुमेह भनेर चिनिन्थ्यो । अत्यधिक तौल बढ्नु तथा पर्याप्त शारीरिक व्यायाम नहुनु टाइप टु डायबिटिजका प्रमुख कारकहरू हुन् ।

गर्भावस्थामा हुने मधुमेह
यो गर्भावस्थामा हुने मधुमेह मधुमेह हाे । यस्तो मधुमेह गर्भवती महिलामा पहिला कहिल्यै नभएको भए पनि रगतमा चिनीको मात्रा बढेर अचानक देखा पर्ने गर्दछ ।

मोनोजेनिक मधुमेह
जिनको कमीको कारण हुने मधुमेह मोनोजेनिक मधुमेह हो ।
मीटोकोण्डियल मधुमेह
वंशानुगत कारणले उत्पन्न हुने मधुमेह मीटोकोण्डियल डिएन को गरबडीको कारण हुन्छ । यो थोरै मानिसमा मात्र देखिने भएकाले दुर्लभ मानिन्छ ।

डाइबिटिक केटोएसिडोसिस के हो ?
मधुमेहका केही रोगीहरू (विशेष गरी पहिलो प्रकारको मधुमेहमा) पटक पटक डाइबिटिक केटोएसिडोसिस देखापर्न सक्छ । डाइबिटिक केटोएसिडोसिस भन्नाले शरीरमा हुने रासायनिक प्रतिक्रियाहरूमा गडबडी आएर वाकवाक लाग्ने, वान्ता हुने, पेट दुख्ने, सास फेर्दा एसिटोनको गन्ध आउने, गहिरो सास फेर्ने (कस्मल ब्रिदिङ) तथा गम्भीर अवस्थाहरूमा रोगीहरू अर्धचेत पनि हुने गर्दछन् ।

मधुमेहबाट कसरी बच्ने ?
मधुमेहबाट बच्न तथा यसको उपचारको लागि स्वस्थकर भोजन खाने,
शारीरिक व्यायाम गर्ने,
शरीरको तौल सामान्य राख्ने,
सुर्तीजन्य पदार्थहरू खानु हुँदैन।
रक्तचाप नियन्त्रणमा राख्नुपर्छ ।
खुट्टाहरूको हेरविचार गर्नु,
खानामा विशेष ध्यान पु¥याउने, बढी कार्वाेहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने,
धुम्रपान र मध्यपान त्याग्ने,
बढी चिल्लो युक्त पदार्थको सेवन नगर्ने
सन्तुलित र नियमित भोजन लिने ,
नियमित व्यायाम गर्ने
सर्जरी पनि कहिलेकाहिँ लाभदायक हुने गरेको छ।
इन्सुलिन या औषधि चकित्सकको सल्लाह लिई सेवन गरी उपचार गर्नुपर्छ ।
(उपप्राध्यापक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान)