धरान / विराटनगरस्थित विराट हेल्थ कलेजका कम्युनिटी नर्सिङ हेल्थ अन्तर्गत पोष्ट व्यसिक व्याचेलर लेभलका विद्यार्थीहरुले एक दिने आँखा शिविर गरेका छन् ।
स्कुल हेल्थ कार्यक्रम अन्तर्गत टंकी सिनुवारीको नरग्राम नमुना माध्यामिक विद्यालयमा हिजो शिविर गरिएको हो ।
विराट आई हस्पितलको सहयोगमा गरिएको आँखा शिविरमा ५ सय ५० जना विद्यार्थीहरुको आँखा परीक्षण गरिएको कलेजकी पोष्ट व्यसिक व्याचेलर तेश्रो बर्षकी संयोजक अनुपमा पोखरेलले जानकारी दिइन ।
उनका अनुसार ३० जना विद्यार्थीहरुको आँखामा समस्या देखिएको थियो । एक जनामा मोतियाविन्दु देखिएर विराट आँखा अस्पताल रेफर गरिएको पोखरेलले जानकारी दिइन ।

posan
विद्यार्थीहरुमा प्राय कमजोर दृष्टी, डेडोपनको समस्या बढि देखिएको थियो । आँखा अस्पतालबाट चिकित्सकहरु गृस्माश्री चुडाल, जीवछ साह र सवनम चौधरी रहेको पोष्ट व्यसिक व्याचेलर तेश्रो बर्षकी विद्यार्थी मेडिना कटवालले जानकारी दिइन ।
कलेजका १८ जना विद्यार्थीहरुको टिमले संचालन गरेको शिविरमा विद्यार्थीहरुलाई बढि समय मोवाइन खेल्न, टिभीको स्क्रीन नहेर्न समेत सचेत गराइएको थियो । सानै उमेरमा बालबालिकाहरुको आँखामा समस्या देखिएको छ ।

सोही अवसरमा बालबालिकाहरुलाई पोषण सम्बन्धि जानकारी समेत गराइएको थियो । विद्यार्थीहरुले स्वास्थ्य रहन के कस्ता खानेकुरा खानु पर्छ भन्ने विषयमा जानकारी गराइएको मेडिना कटवालले जानकारी दिइन ।

birat eye eye1 photo feature posan1