श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन २७ गते मङ्गलबार, १० मार्च २०२० । चैत्र कृष्णपक्षको प्रतिपदा तिथि २१ः३२ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र उत्तरफाल्गुनी २३ः३९ बजेसम्म, उप्रान्त हस्त, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः२१ र सूर्यास्त ६ः०९ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धर्म कर्म तथा समाजसेवामा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभ समाचार सुन्न पाइएला । व्यापार व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शरीर अस्वस्थ रहला । बन्न लागेको काममा विध्न बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धो होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा उमङ्ग र उत्साह छाउला । माया प्रेमको सम्बन्ध विस्तार हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यमा सरिक हुने अवसर मिल्ला । मिष्ठान्न भोजन मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ ।महŒवपूर्ण अवसर गुम्न सक्छ । सवारी साघन तथा हतियारको प्रयोगमा सावधान हुनुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमाइलो यात्राको योगछ । मनमा शन्ति र अनुहारमा कान्ति छाउला । एकपछि अर्को अवसर आउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । रोकिएका कामकाज सुचारु हुनेछन् । नचिताएका व्यक्तिहरूबाट सहयोग प्रँप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला । दिन राम्रो छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा पशुचौपाया सम्बन्धी काममा मन जानेछ । घरपरिवारमा नया“ सदस्यको आगमन हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पठन पाठन तथा लेखन कार्यमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । रमणीय स्थानको भ्रमण हुनेछ ।