Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • कोरोनाभाइरस महामारी नियन्त्रण गर्न अमेरिकामा सङ्कटकाल घोषणा

कोरोनाभाइरस महामारी नियन्त्रण गर्न अमेरिकामा सङ्कटकाल घोषणा

alt
  • चैत १, २०७६
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस सङ्क्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न ‘राष्ट्रिय सङ्कटकाल’ घोषणा गरेका छन् । विश्व स्वास्थ्य संगठनले शुक्रबार युरोपलाई कोरोनाभाइरसको नयाँ केन्द्रबिन्दु घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्कटकालको घोषणा गरेका हुन् ।

सङ्कटकालको घोषणा गर्न ट्रम्पले ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् प्रत्यक्ष सम्बोधन गरेका थिए । अमेरिकामा एक हजार ७०१ जनामा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भइसकेको छ भने ४० भन्दा बढीमा कोभिड–१९ कै कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकाका विभिन्न राज्यले कोरोना भाइरस सङ्क्रमणको दर नियन्त्रण गर्न विभिन्न उपाय अपनाइएको छ ।

त्यहाँ ठूला भेला र खेलकुदका कार्यक्रममा प्रतिबन्ध लगाउनेदेखि विद्यालय बन्द गर्नेसम्मका निर्णय गरिएको छ । विश्व स्वास्थ्य सङ््गठन कोरोना भाइरस सङ्क्रमणबाट हुने रोग अर्थात् कोभिड–१९ लाई विश्वव्यापी माहामारीको सङ्ज्ञा दिइसकेको छ । गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेइ प्रान्तको उहान शहरबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमणको महामारीको केन्द्रबिन्दु अहिले युरोप भएको छ । इटलीमा २४ घण्टामा सर्वाधिक २५० जनाको मृत्यु भयो । अहिलेसम्म त्यहाँ कुल १,२६६ जनाको मृत्यु भइसकेको छ भने १७,६६० मा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ ।

सम्बन्धित समाचार
सुनचाँदीको मूल्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत प ...

काङ्ग्रेसमा चलेको संस्थापनको अलाप

धरान । काठमाडौँबाट प्रकाशित मूलधारका सञ्चारमाध्यमहरूलाई मान्ने हो भने नेपाल ...

जमिनको सतहभन्दा सडक उच्च बनाइएको भन्दै स्थानीयको आपत्ति

धरान । मदन भण्डारी राजमार्ग अन्तर्गत चतरा–धरान क्षेत्रको निर्माणाधीन सडक स् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुनचाँदीको मूल्य वृद्धि
काङ्ग्रेसमा चलेको संस्थापनको अलाप
जमिनको सतहभन्दा सडक उच्च बनाइएको भन्दै स्थानीयको आपत्ति
धरान उपमहानगर प्रमुख साम्पाङ सम्मानित
वीपी प्रतिष्ठानलाई व्हीलचियर र ट्रली सहयोग
सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जना कामदारको मृत्यु
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
प्रधानमन्त्रीलाई एनसेलको १६ बुँदे ध्यानाकर्षण
विशेष महाधिवेशनबाट गगन भए सभापति
६ हजार भक्काको स्वाद
काङ्ग्रेस तेस्रोपटक विभाजित
मालपोतको ढड्डामा ‘भद्रगोल’
लोकतान्त्रिक पार्टी चोइटिनुको अर्थ
आजको राशिफलः २०८२ साल माघ १ गते बिहीबार
लायन्सद्वारा विद्यार्थीलाई स्वेटर
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved