श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल चैत्र ०२ गते आइतबार, १५ मार्च २०२० । चैत्र कृष्णपक्षको षष्ठी तिथि १०ः४४ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र अनुराधा १७ः२१ बजेसम्म, उप्रान्त न्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः१५ र सूर्यास्त ६ः१२ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धी समस्या आइपर्न सक्छ । अनावश्यक काममा धन खर्च हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । माया प्रेमको सम्बन्ध विस्तार हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बन्न लागेको काममा विध्न बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला । दिनको उत्तरार्धमा राम्रो छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि तथा पशु चौपाया आदिको व्यापार व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य व्यवसायमा सपफलता मिल्ला । नपत्याएका व्यक्तिहरूबाट विशेष सहयोग मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरीर अस्वस्थ रहला । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । दिन उत्तरार्धतिर शुभ समाचार सुनिएला ।
नु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । वाहन खरिद गर्ने अवसर मिल्ला । शुभसमाचारले मन प्रसन्न हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्नजनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । आर्थिक क्षेत्रमा विशेष लाभ मिल्ला । अवरुद्ध रहेको कामकाज सुचारु हुनेछ ।