एप्पलका स्टोरहरु चीनबाहेक अन्य मुलुकमा बन्द

alt तस्बिर गुगल
  • चैत्र २, २०७६
  • २२१ पटक पढिएको
  • रासस/एएनआई

वासिङ्टन/ कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर झण्डै ६ हजार व्यक्तिको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोरहरु (बिक्री केन्द्रहरु) आगामी मार्च २७ सम्म बन्द गरेको छ ।

एप्पलका प्रमुख कार्यकारी टिम कूकले ट्वीट गर्दै चीन बाहेक एप्पलका स्टोरहरु मार्च २७ सम्म बन्द गरिएको र कोरोनाको सङ्क्रमण रोकथाममा सघाउन एक करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरिएको बताए ।

कम्पनीले चीन बाहेकका अन्य मुलुकमा रहेका आफ्ना कार्यालयका कर्मचारीलाई खुकुलो कार्यस्थलको व्यवस्था गरिएको जनाएको छ । कूकले अनलाइन स्टोर भने खुलै रहने बताएका छन् ।

कम्पनीले घरबाटै काम गर्न सक्ने भएमा त्यसै बमोजिमको व्यवस्था गर्ने तथा कार्यालयमै आएर काम गर्नु पर्ने कर्मचारीका लागि निर्देशिका बमोजिम आवश्यक सजकता अपनाइने बताएको छ ।

सिन्ह्वाका अनुसार चीनमा कोरोना सङ्क्रमणमा नाटकीय रुपमा सुधार आएका कारण एप्पलका सबै स्टोर खुला गरिएको छ ।

अमेरिकामा रहेका ठूला बहुराष्ट्रिय कम्पनीहरुले पनि आफ्ना कार्यालयको व्यवस्थापनमा नयाँ व्यवस्था गरेका छन् ।

हिमालयन मेघा कलेजको ...

धरान / लकडाउनको कारण समस्यामा परेका परिवारहरुका लागि भन ...

स्पेन र अमेरिकामा मृ ...

धरान / स्पेन र अमेरिकामा कोरोनाभाइरसका कारण एकै दि ...

आजको राशिफल, २०७६ चै ...

विसं २०७६ चैत २०। बिहीवार। इस २०२० अप्रिल २। नेसं ११४० ...

युवा संघकाे ५ सय केज ...

पथरी /  राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी गाउँ कम ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved