श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल चैत्र ०४ गते मङ्गलबार, १७ मार्च २०२० । चैत्र कृष्णपक्षको अष्टमी तिथि ०८ः१७ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र मुल १६ः३२ बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः१३ र सूर्यास्त ६ः१२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
पठन पाठन तथा लेखन कार्यमा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । मन प्रसन्न रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । माया प्रेमको सम्बन्ध विस्तार होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धातु तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । सानो कामबाट ठुलै उपलब्धि हुनेछ । रमाइलोमा दिन बित्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर अस्वस्थ रहला । शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । पारिवारिक जीवनमा समस्या आइपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नया“ वस्त्र तथा अलङ्कार प्राप्त हुनेछ । काम गर्ने जोश जा“गर र हिम्मत बढ्ला । रमणीय र सुखद यात्राको योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभ कार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न बन्नेछ । रमाइलोमा दिन बित्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ ।जग्गा जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र बतथा आभूषण प्राप्त हुनेछ । घर–परिवारमा शुभ कार्यको चर्चा चल्नेछ । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।