ब्लाष्टखबर।  अमेरिकी अनुसन्धानकर्ताहरुले महामारीको रुपमा विश्वभरि फैलिरहेको कोरोना भाइरस खोपको प्रयोगात्म परीक्षणका रूपमा एक व्यक्तिलाई सोमबार पहिलो खोप दिएका छन् ।

चिनको वुहानबाट विश्वभरि फैलिएको भनिएको कोभिड १९ नोबल कोरोना भाइरसको खोपको निराशाजनक रुपमा आगमनको आशामा विश्व रहेको बेला सम्भावित खोपको पहिलो चरणको विकास अमेरिकाको सियाटल स्थित कैसर परमानेन्टे वासिगंटन रिसर्च इन्स्टिच्युटले गरेको छ ।

‘ हामी टिम कोरोना भाइरस हौं अब । ’ कैसर परमानेन्टे नेतृ डाक्टर लिसा ज्याक्सले प्रयोगात्मक परीक्षणको समयमा भनिन् ‘ यस्तो संकटकालिन अवस्थामा प्रत्येक व्यक्तिले के गर्न सक्छ त्यो गर्न चाहन्छ ।’

एशोसिएटेड प्रेसले सानो प्रविधि कम्पनीको अपरेशन म्यानेजरलाई पहिलो परीक्षणको रुपमा दिईएको सुईको प्रत्यक्ष अवलोकन गरेको थियो र ३ जना परीक्षणकै लागि अरु पनि लाइनमा थिए ।
‘ हामी एकदम सहाराविहीन भएको महशुस भइरहेको छ , यो एउटा मेरा लागि केही गर्ने महत्वपूर्ण अवसर हुनेछ ’ खोप लगाउन पर्खेकी सियाटलकी ४३ वर्षीय जेनिफर हलर भन्छिन् । उनी दुई किशोरकिशोरीकी आमा हुन् जसलाई परीक्षणमा सहभागी गराइएको थियो । खोप लगाइसकेपछि उनले परीक्षण हल छोडदै भनिन् ‘ म एकदम आनन्दको अनुभूति गरिरहेको छु ’

फर्मासिष्ट ( औषधी विज्ञ)ले जेनिफर हलरलाई सियाटल स्थित कैसर परमानेन्टे वासिगंटन रिसर्च इन्स्टिच्युटमा परीक्षणको लागि पहिलो चरणको लागि कोभिड १९ को सम्भावित खोप दिए । मानिसहरुलाई परीक्षणका लागि लगाइएको खोपको अध्ययन सृंखला सोमबार ( हिजो) को कोशेढुंगा सावित हुन सुरुवात मात्र हो किनभने यो परीक्षण सुरक्षित र काम गर्न सक्ने प्रमाणित हुन जरुरी छ ।

अनुसन्धान सफल भइहालेमा पनि १२ देखि १८ महिना वेगर विश्वभरमा खोपको उपलब्धता हुनसक्ने छैन , अमेरिकी नेशनल इन्स्टिच्युट अफ हेल्थका डाक्टर एन्थानी फाउसी भन्छन् । खोप पत्ता लगाउनु अहिले पनि ‘ जनताको स्वास्थ्यको लागि एकदमै जरुरी छ’ फाउसी विज्ञप्ति मार्फत भन्छन् ।

उपरोक्त खोप एमआएनए १२७३ को कोड नामबाट उक्त इन्स्टिच्युट र म्यासाचुसेटको जैविक प्रविधि कम्पनि मोडर्ना इन्कले विकसित गरेको थियो । यो मात्रै पाइपलाइनको सम्भावित खोप होइन। दर्जनौ अनुसन्धाकर्ताहको समूहले विश्वभरि कोभिड १९ विरुद्धको खोप बनाउने कार्यमा तीब्रता दिएका छन् । सम्भवत अर्को महिनाभित्रमा अर्को खोप तत्व इनोभियो फर्मास्युटिकल्सले आफ्नो सुरुक्षित अध्ययनको सुरुवात अमेरिका, चिन र दक्षिण कोरियामा सुरु गर्नेछ ।

अरुको तुलनामा १८ वर्ष देखि ५५ वर्षका स्ययमसेवकहरुलाई उच्च डोज र कति कडा खोप दिने भन्ने सुरक्षित अध्ययन रोजिएको छ । वैज्ञानिकहले कुनै साइड इफेक्ट र रगतको नमूना परीक्षण गर्ने छन् जसले गर्दा प्रतिरोधात्मक प्रणालीलाई सक्षम तुल्याउन सकोस् । ‘ यो खोपले प्रतिरोधात्मक प्रणालीलाई सुरक्षित गर्छ कि हानी गर्छ हामीलाई थाह छैन, हामी परीक्षणमै छौं ’ ज्याक्स भन्छन् ।

अहिले विश्वको अनुसन्धानको ध्यान स्पाइक नामक प्रोटिनमा लक्षित छ । मानव शरीर एक कारखाना हो , जहा“ हानिरहित स्पाइक प्रोटिनको उत्पादन हुन्छ र जब प्रतिरोधात्मक प्रणालीमा वाहय प्रोटिनले हस्तक्षेप गर्न खोज्छ तब यसले प्रत्याक्रमणका लािग एन्टीबडी उत्पादन गर्छ र अरु कुनै भाइरसले आक्रमण गर्न खोजेको हो भने तुरुन्त प्रतिक्रिया जनाउने क्षमता राख्छ ।

खोपहरु लाखौं स्वस्थ्य मानिलाई दिइन्छ, तर साबधानी अपनाउनुका साथै साइड इफेक्ट परीक्षण गर्न समय लाग्छ भन्छन् विभिन्न खोप तत्वको अनुसन्धान गरिरहेको वाल्टर रिड आर्मी इन्स्टिच्युट अफ रिसर्चका डाक्टर नेल्शन माइकल । ‘ विज्ञान तीब्र गतिले कुद्न त सक्छ तर दुर्घटना पनि त हुनु भएन नि हैन त ?’ उनले पत्रकारहरुसँगको कुराकानीमा भने ।