धरान । सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने कामदार तथा अतिविपन्न परिवारको पहिचान गर्दै सामग्री वितरण थालिएको छ ।

धरान नगरले नगरभित्रका २० वटै वडाका ३ हजार घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गर्न थालेको हो । १, ३, ७, १०, १२, १४ र १८ नम्बरबाहेकका वडाका ३ हजार परिवारलाई खाद्यान्न वितरण गरिरहेको हो ।

हेर्नुस् कुन वडामा कति ?

dharan_napa_rahat

धरान उपमहानगरका सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाका अनुसार ८, ९, ११, १५ र २० नम्बर वडामा खाद्यान्न वितरणका लागि वडाध्यक्षहरूलाई राहत पठाइसकेको छ । अन्य वडामा पनि तयारी भइरहेको छ ।