धरान / धरानमा चामल, तेल दाललगायतका खाद्यान्न अभाव शुरु भएको छ । विभिन्न स्थानबाट आउने सामान्य परिवारले प्रयोग गर्ने चामल तथा दाल, तेल अभाव शुरु भएको सुनसरी उद्योग बाणिज्य संघका बाणिज्य सचिव सिताराम आचार्यले बताएका छन् ।
धरान उपमहानगरपालिकाले फुट बैंक बनाएको छ । फुडबैंकमा खाद्यान्न संकलन गरेर प्रत्येक वडाहरुका नागरिकलाई वितरण गर्न खाद्यन्न जुटाउन समस्या परेको आचार्यले जानकारी दिए । ‘धरान बजारमा हाल महगो खालको मात्र चामल रहेको छ । कान्छी मन्सुली बजारमा कही छैन् । अव बजारमा आलु तरकारी मात्र छ ।’– आचार्यले भने –‘लकडाउन अझै लम्विए धरानमा ठूलो संकट आउने छ । अव खानामा पनि स्थानीयले कल्ट्रोल गर्ने अवस्था आएको छ ।’ नेपालमा झन संक्रमितको संख्या बढ्दैं गइरहेको बेला लडडाउन अझ थपिने सम्भावना रहेकाले र उत्पादनको कामसमेत रोकिएकाले आम नागरिक सचेत भएर उपभोग्य बस्नुको प्रयोग पनि गर्नु पर्ने अवस्था आएको उनको भनाई छ ।
उपमहानगरपालिकाले बनाएको फुडबैंक मार्फत धरानका १३ वटा वडाहरुका करिव ३ हजार परिवारलाई पहिलो चरणमा राहत वडा कार्यालय मार्फत वितरण गर्ने काम भएको उपमहानगरका मेयर तिलक राईले जानकारी दिए । खाद्यन्नको अभाव भएकै कारण सबै वडामा नपुगेको उनले बताए । खाद्यन्न जटाउने काम भइरहेकोले क्रमशः सबै वडाका नागरिकहरुलाई वितरण गर्ने उनले जानकारी दिए ।