धरान / नेकपा धरान उपमहामनगर कमिटिले २ हजार ५ सय केजी चामल तथा दुई बोरा सोयाविन आज धरान उपमहानगरको फुड बैंकमा हस्तान्तरण गरेको छ ।
फुडबैंकमा खादन्न अफुका कारण धरानका विपन्न नागरिकले नपाइरहेका बेला नेकपा धरानले स्थानीय नागरिकका लागि खाद्यन्न सहयोग गरेको हो ।
नेकपा प्रदेश कमिटी सदस्य तथा सुनसरी १ नंं क्षेत्रका सांसद जयकुमार राई, प्रदेश सदस्य तथा जिल्ला सचिव रमेश बस्नेत, प्रदेश कमिटी सदस्य आइन्द्रविक्रम बेघा, धरान नगर इञ्चार्ज चोत्लुङ सह इञ्चार्ज पदम इस्वोलगायतको उपस्थितिमा मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीलाई हस्तान्तरण गरिएको थियो ।
लकडाउनका समयमा स्थानीय जनतालाई केही राहत होस भनेर एक लाख ९ हजार ७६० रूपैया बराबरकाे खाद्यन्न उपलब्द गराइएको उपमहानगरका नेकपा अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।

nekapa