विराटनगर । कोरोना भाइरस(कोभिड–१९) रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा सिभिल बैंकले ५ लाख रुपैयाँ सहगोग गरेको छ ।

सिभिल बैंक प्रदेश १ ले प्रदेश सरकारले स्थापना गरेको कोषमा आज सो रकम बराबरको चेक सिभिल बैंक प्रदेश १ का प्रमुख राजेश ढकालले मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका छन् ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश सरकारले स्थापना गरेको उक्त कोषमा रकम जम्मा गरेको बैंकका प्रदेश प्रमुख ढकालले जानकारी दिए ।चेक हस्तान्तरणपछी मुख्यमन्त्री राईले प्रकोप रोकथाम तथा नियन्त्रणमा कोषको खर्च गरिने रकम र प्रकोप नियन्त्रण पछाडी पारदर्शी ढंगबाट हिसाबकिताव सार्बजनिक गर्ने प्रतिवद्धता जनाएको बैंकका प्रदेश प्रमुख ढकालले बताए ।

ढकालले लक डाउनका कारण दैनिक जीवनयापनमा समस्या पर्दै आएका परिवारलाई प्रदेश १ अन
न्तरगत रहेका पाँचथर जिल्लाका हिलिहाङ्ग, याङ्गवरक, इलामको माइजोगमाई , मोरङ जिल्लाको सूनवर्षी र विराट चोक शाखाहरु मार्फत पनि राहत स्वरुप खाद्य सामाग्रीहरु वितरण गरिने जानकारी दिए ।

कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । कोष राष्ट्रिय बाणिज्य बैंक विराटनरको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकमजम्मा गर्न सकिने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । उक्त कोषमा हाल सम्म ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।