धरान । धरान–१३ को लोटस विद्याविहारले धरान उपमहानगरपालिकाले विपन्नका लागि निर्माण गरेको ‘फुड बैंक’ मा एक हजार केजी चामल हस्तान्तरण गरेको छ ।

सोमबार विद्याविहारका प्रिन्सिपल संगीता राई र निर्देशक गणेश राईले चामल हस्तान्तरण गरेका हुन् । स्कुलका निर्देशक राईका अनुसार ४६ हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको हो । धरान उपमहानगरले दैनिक ज्यालादारी गरेर पेटपालन गर्दै आएका असङ्गठित मजदुरलाई लक्षित गर्दै ‘फुड बैंक’ स्थापना गरेको थियो ।

बैंकमा विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूले चामललगायतका सामग्री प्रदान गरिरहेका छन् । यसक्रममा विद्या विहारले पनि १ हजार केजी चामल धरान उपमहानगरका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीको रहोबरमा प्रदान गरिएको निर्देशक राईले बताए । यस्तै विद्या विहारमा कार्यरत ननटिचिङ ६ जना कर्मचारीहरूलाई २५ केजीका दरले चामल वितरण गरिएको छ ।