यासोक/दुई साता यताको लकडाउनका कारण दैनिक मजदुरी गर्दै आएका परिवारको अवस्था नाजुक बन्न थालेपछि पाँचथरको कुम्मायक गाउँपालिकाले राहत कोष स्थापना गरेको छ ।

‘कुम्मायक गाउँपालिका कोरना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष स्थापना गरेको छ । उक्त कोषमा गाउँपालिकाका सबै जनप्रतिनिधिले १५ दिनबराबराको सेवासुविधा जम्मा गरी कोष स्थापना गरेका हुन् । सोही कोषमा आर्थिक वर्ष २०७६÷०७७ को बिपत व्यवस्थापना अन्तरर्गतको २० लाख रुपैयाँ समेत जम्मा गर्ने गाउँपालिकाले जनाएको छ । दैनिक ज्याला मजदुरी गरेर पेट पाल्ने र बिपन्न श्रमिकलाई लक्षित गर्दै कोष स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भट्टराइले जनाए ।

कोभिड १९ को संभावित संक्रमणको कारण उत्पन्न प्रतिकुल अवस्थाबाट प्रभावित असंगठित कार्य गर्ने बिपन्न र श्रमिक वर्ग तथा असहायहरुलाई दैनिक जीवन यापनको लागि मन्त्रिपरिषदबाट भएको निणर्य कार्यान्वय गर्न गाउँपालिकाले राहत कोषको मापदण्ड तयार गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको ५ वटै वडाका विपन्न श्रमिकको बिवरण सङ्कलन वडास्तरबाटै भइरहेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । चेम्जोङका अनुसार विपन्न श्रमिक वर्ग तथा असहायहरुलाई प्रति परिवार २५ केजी चामल, २ केजी दाल, १ केजी नुन, १ लिटर तेल, १ केजी चिनी र ४ वटा सावुन बितरण गर्ने गरी तयारी थालिएको उनको भनाइ छ ।

विपन्न श्रमिकको विवरण संकलनको लागि गाउँपालिकाले सबै वडामा जनप्रतिनिधि, नागरिकसमाज, राजनैतिकदलका प्रतिनिधि सहितको समिति गठन गरी बिवरण संकलनको काम भइरहेको छ । यता गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका ५ जनालाई छोडिएको छ । बिभिन्न देशबाट गाउँपालिका भित्रिएका युवाहरुलाई २१ दिनपछि छोडिएको स्वास्थ्य कर्मी सेमिक लावतीले बताए । उनिहरुमा भाइरसको कुनै पनि संकेत नदेखिएपछि छोडिएको हो । त्यस्तै पुनः रोजगारीका क्रममा सुदुरपच्चिममा पुगेर फर्किएका तीन जना युवाहरुलाई पनि क्वारेन्टाइनमा राखेर स्वाथ्य परिक्षण गर्दै आएको गाउँपालिकाले जनाएको छ ।