धरान / सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित नडाहा भरौलबाट धरान दुध बेच्न धरान आउनेहरुलाई भोलीदेखि बन्द गरिने भएको छ ।
आज धरान उपमहानगरपालिकाको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । मेयर तिलक राईको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले धरानका सबै नाकालाई शिल गर्ने निर्णय गरेको छ । पास वाहेकका कुनै पनि सवारीलाई संचालन गर्न निषेध गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । धरानमा विहानै दुध ल्याएर घर घर पु¥याउन रोक लगाएको छ । तर संकलन गरेर गाडीमा एक मुष्ट ल्याइ डेरीमा बुझाउन भने नरोकिएको डिएसपी न्यौपानेले जानकारी दिए ।
धरान प्रवेश गर्ने सबै नाका शिल गर्ने निर्णय, बाहिरबाट ल्याएर दुध बेच्न बन्द
सुरक्षा समिति बैठकः
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























