यासोक /  लकडाउनका कारण विकास निर्माणको काममा खटिदै आएका श्रमिक अलपत्र परेका छन् । लकडाउन हट्ने आसमा बसेका कतिपय श्रमिकहरु समय थप भएसँगै रोकिएका हुन । पाँचथरको कुम्मायक गाउँपालिकास्थित तमोर नदिको लुमुघाटको निर्माणधिन पक्की पुलमा काम गर्दै आएका ९ जना श्रमिकहरु रोकिएका छन । स्वच्छन्द निर्माण सेवा काठमाण्डौले काम गर्दै आएको पुलमा सप्तरी जिल्लाका ६ जना र काठमाण्डौका ३ जना श्रमिक रोकिएका हुन । लकडाउन लम्बिएसँगै खाद्यान्य अभाव देखा पर्न थालेको साइट इन्चार्ज कमल कार्कीले सुनाए । ‘कम्पनीले पैसा पठाउँन सकेको छैन । जोहो गरेको खाद्यान्य पनि सकियो कतैबाट बाँकी खाद्यान्य नपाउँदा समस्या भएको छ ।’– कार्कीले भने ।
यसैगरी निर्माणधिन तमोर कोरिडोमा पनि ८ जना कामदार लकडाउनमा रोकिएका छन । बिकास निर्माणको काम ठप्प हुदा उनीहरु सड्क आसपासमा टेण्ड टागेर लामो समयदेखि वस्दँै आएका छन । रौता कन्ट्रक्सन प्रालिले काम गर्दै आएको सडकमा दाङ, चितवन, डोटी र सिराहाका ८ जना श्रमिक बस्दै आएका थिए । लकडाउनको कारण घर जान नपाएका उनीहरुलाई निर्माण कम्पनीले खाने वस्ने व्यवस्था मिलाउँदै आएको प्रालिका निर्माण व्यवसायी अम्मरबहादुर खत्रीले जानकारी दिए ।