धरान / प्रदेश १ मा थप एक जनालाई कोरोना पोजेटिभ पुष्टि भएको छ । उदयपुरको भूल्केमा एक महिलालाई कोरोना पोजेटिभ पुष्टि भएको मुख्यमन्त्रीकाे कार्यालयलले जनाएको छ ।
प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ । आज मात्र तीन जनाको रिर्पोटमा कोरोना पोजेटिभ आएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर भुल्केका ३ महिला, कपिलवस्तुका ३ पुरुष र पर्साका १ पुरुषमा आजै कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या ११० पुगेको छ ।
नेपालमा संक्रमितको संख्या ११० पुग्यो, उदयपुरमा थप १ मा काेराेना पाेजेटिभ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































