धरान/ धरान–८ का सबै टोलमा डेङ्गु नियन्त्रणका लागि धुँवा छर्किने कार्य सम्पन्न गरिएको छ । धरान ८ नम्बर वडा समितिको कार्यालयले वडाका सबै टोल तथा बस्तीमा डेङ्गु नियन्त्रणका लागि धुँवा छर्किने कार्य गरेको हो ।
द राइजिङ क्लबको सहकार्यमा वडाका सबै टोल तथा चोक बस्तीमा धुवाँ लगाइएको क्लबका सचिव विकास तामाङले बताए ।
कार्यक्रममा ८ नम्बर वडाका कार्यवाहक अध्यक्ष राम मगर, अभियन्ता गङ्गा लिम्बू, नेकपा वडा कमिटी अध्यक्ष लक्ष्मण दास, क्लबका अध्यक्ष धनबहादुर राईको प्रत्यक्ष निगरानीमा धुवाँ छर्किने कार्य गरिएको थियो । क्लबले गरेको कार्यप्रति अनुगमन टोलीका प्रमुख लक्ष्मण दासले खुसी व्यक्त गरे ।