उदयपुर/ उदयपुरको मुर्कुचीबाट सप्तरीतर्फ लैजान लागेको तीन ट्रक काठ प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतामाई गाउँपालिका–७ मुर्कुचीबाट सप्तरीको भारदहतर्फ लैजान लागेको अवैध तीन ट्रक काठ प्रहरीले नियन्त्रणमा लिएको हो । अवैधरूपमा काठ लाँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले बुधबार राति करिब ८ बजे ना.३ ख ९४१९, ना.४ ख ८३८४ र ना.४ ख २१२४ नम्बरको तीन वटा ट्रक, ट्रक चालक, सह–चालक र काठ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ट्रक, ट्रकमा लोड गरेको गोलिया काठ र ना.३ ख ९४१९ नम्बर ट्रकका चालक सप्तरी कञ्चनरूप नगरपालिका–३ का ३५ वर्षीय योगेन्द्र मोची, सह–चालक हनुमाननगर नगरपालिका–१ का २० वर्षीय शङ्करकुमार दास, ना.४ ख ८३८४ नम्बर ट्रकका चालक डाक्नेश्वरी नगरपालिका–६ का ४५ वर्षीय जीवछ यादव, सह–चालक हनुमाननगर कङ्कालिनी नगरपालिका–१ का २७ वर्षीय शङ्करकुमार दास र ना.४ ख २१२४ नम्बरको ट्रकका चालक हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका ४० वर्षीय वीरेन्द्र मण्डल र सह–चालक हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका २१ वर्षीय शिव परमानीलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय कटारी बुझाएको जिप्रकाले जनाएको छ ।