भद्रपुर / नागरिकता किर्ते मुद्दामा फरार रहेका एक व्यत्तिलाई कारागार चलान गरिएको छ । ताप्लेजुङ डुम्रिसे एकुवे घर भई हाल झापा बुद्धशान्ति गाँउपालिका वडा नं ४ का ४२ वर्षीय भीमबहादुर खड्कालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाको पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी समेत भएको नागरिकता किर्ते मुद्दामा झापा जिल्ला अदालतले वि.सं.२०७३ जेठ ३१ गतेको फैसला बमोजिम खड्कालाई एक बर्ष ६ महिना कैद र पाँच हजार पाँचसय पचास रुपैयाँ जरिवाना ठहर गरेको थियो । घटनापछि फरार रहेका खड्कालाई खोजतलाशको क्रममा बिशेष सूचनाको आधारमा शुक्रबार फेला पारिएको जिल्लाका डिएसपी राकेश थापाले जनाए ।