धरान / हिजो राती साढे १० बजेको समयमा मोरङ लेटाङ नपा– ८ जाँते मोरङे खोला नजिकबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलिले चेकजाँच गर्ने क्रममा स्थानीय बर्ष २८ को मनोज कुमार मगरको साथ बाट ट्रामा – ३१६ वटा, डिकोलिक – ३८८ वटा लागु औषध र निजको को २ ह ६१७४ नम्बरको टेम्पु सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
उनलाई आज जिल्ला अदालतमा म्याद थप गरि कारवाही प्रक्रिया अगाडी बढाइएको प्हरुलिे जनाएको छ ।