भद्रपुर / सवारी ज्यान मुद्दाका फरार एक अभियुक्तलाई कारागार चलान गरिएको छ ।
साविक गरामनी गाविस ९ र हाल बिर्तामोड नगरपालिका बस्ने २८ वर्षीय युवराज राजवंशीलाई झापा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुई वर्षदेखि फरार रहेका उनलाई बिर्तामोड १० बाट बुधबार पक्राउ गरिएको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए ।
राजवंशीलाई सोही दिन झापा कारागार चलान गरिएको उनले जानकारी दिए । राजवंशीको जाहेरीमा सवारी ज्यान मुद्दामा राजवंशीलाई झापा जिल्ला अदालतबाट २०७४ बैशाख १२ गते भएको फैसला सदर हुने गरी उच्च अदालतको २०७५ फागुन १२ गतेको फैसला बमोजिम दुई बर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना ठहर गरिएको थियो ।