श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ १७ गते बुधबार, २ सेप्टेम्बर २०२० । भाद्र शुक्लपक्षको पूर्णिमा तिथि ७ः३८ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र शतभिषा १८ः३२ बजेसम्म, उप्रान्त पूर्वप्रदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः४३ र सूर्यास्त ६ः२१ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रतिकूल रहला । दाम्पत्य जीवन सामान्य देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक समस्यामा दिन बित्नेछ । आधुनिक विषयप्रति रुचि बढेर जाला । प्रेमपक्षमा सुधार देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
नयाँ स्थानको भ्रमण होला । नयाँ साथी भेट्न सकिनेछ । शारीरिक आलश्यता बढेर जाला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक कलहको समय छ । व्यर्थैमा चिन्ता बढ्नेछ । दैनिक कामकाजहरू पनि कष्टप्रद होलान् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ विषयको अध्ययनमा रुचि बढेर जाला । कृषि कार्यमा लाभ हुनेछ । लगानीको प्रतिफल राम्रै हुने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो क्षमता प्रदर्शन गर्ने बेला आएको छ । सामाजिक प्रतिष्ठा बढेर जाला । औपन्यासिक क्षेत्रमा रुचि बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । दैनिक कामकाजमा असफल भइएला । दाम्पत्य जीवन पनि कष्टप्रद देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अप्रत्यासित यात्रा होला । समय सामान्यखालको छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारीवर्गका लागि आजको दिन उत्तम छ । धातुजन्य व्यवसायमा राम्रै लाभ होला । दिन राम्रै छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रेम जीवन खासै सफल देखि“दैन । परिवारमा माङ्गलिक कार्य होला । सोचेजस्तो सफलता हुने छैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि व्यवसायबाट राम्रै आम्दानी होला । व्यर्थैमा अपजस खेप्नु पर्ला । दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शारीरिक आलश्यता बढेर जाला । नयाँ विषयको खोजमा मन जानेछ । प्रेमपक्ष भने सामान्य छ ।