श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ १८ गते बिहीबार, ३ सेप्टेम्बर २०२० । आश्विन कृष्णपक्षको प्रतिपदा तिथि १०ः५१ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पूर्वभाद्रपदा २०ः३१ बजेसम्म, उप्रान्त उत्तरभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः४४ र सूर्यास्त ६ः२० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
कार्य क्षमतामा वृद्धि होला । घरमा शुभ कार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्यगत क्षेत्रमा प्रगति होला । फलदायी यात्रा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
समय मध्यम्खालको छ । विवादमा नफसेकै राम्रो । स्वास्थ्य अनुकूल नरहला । खानपिनमा विचार गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारजनमा माङ्गलिक कार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । व्यापारिक क्षेत्रमा लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा राम्रै लाभ होला । विषयगत दक्षता प्रदर्शन गर्ने समय आएको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यसम्बन्धी समस्याले सताउला । आमाको सल्लाहमा गरेको कार्यमा प्रगति होला । समय सामान्य देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
थालेको काम अवरुद्ध होला । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम हुनसक्छ । प्रेमपक्ष भने सामान्य छ ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
आमाको स्वास्थ्यमा प्रतिकूल नहोला । शान्त बस्न नसकिने देखिन्छ । अध्ययन–अध्यापन भने सामान्य छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
औद्योगिक विषयको अध्ययनमा रुचि होला । अपजस खेप्नुपर्ने हुन सक्छ । यात्रामा भने विशेष सावधान रहनु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कर्मचारी तथा विद्यार्थी वर्गका लागि आजको दिन उत्तम छ । सन्तान सुखको योग देखिन्छ । दिन राम्रो छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक झमेला बढेर जाला । शत्रु परास्त गर्ने समय आएको छ । प्रेमपक्ष भने सामान्य देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पशुचौपायाबाट राम्रै आम्दानी होला । मिष्ठान्न भोजनको योग छ । स्वास्थ्यमा भने केही सुधार होला ।