श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ १९ गते शुक्रबार, ४ सेप्टेम्बर २०२० । आश्विन कृष्णपक्षको द्वितीया तिथि १२ः२९ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र उत्तरभाद्रपदा २२ः५१ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मिन, सूर्योदय ५ः४४ र सूर्यास्त ६ः१९ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
उन्नति, प्रगति गर्ने बेला आएको छ । अनुहारमा कान्ति तथा मनमा शान्ति बढेर जाला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लामो समयदेखि अल्झिएका समस्याहरू सुल्झेर जालान् । आफ्नो पेशा व्यवसायमा सफलता प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
एकपछि अर्को अवसर आउने देखिन्छ । नित्य कर्ममा केही प्रगति भएर जानेछ । काम गर्ने जा“गर बढ्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्य गर्ने क्षमतामा कमी आउने देखिन्छ । दैनिक कार्यहरू सहज नहोलान् । विद्यार्थी वर्गका लागि आज उत्तम देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धातुजन्य व्यवसायमा असर हुने देखिन्छ । काम गरेजस्तो प्रगति नहोला । आमाको स्वास्थ्यमा असर पर्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बुद्धिको प्रयोगले जटिल ठानिएका कुराहरू पनि सहजै सम्पादन हुनेछन् । प्रेमपक्षमा कठिनाइ देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक प्रतिष्ठा बढेर जाला । सामाजिक धार्मिक कार्यमा मन जानेछ । दाम्यत्य जीवन सामान्य छ ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनुशासित भएर काम गर्नसके काममा सफलता मिल्नेछ । कार्य गर्ने क्षमतामा वृद्धि हुने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शारीरिक आलश्यता बढेर जानेछ । नयाँ विषयमा खोज गर्ने जा“गर बढ्ला । विद्यार्थीहरूका लागि आज उत्तम छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामान्य विषयमा विवाद हुन सक्छ । नयाँ कार्यको थालनी होला । अध्ययनका क्षेत्रमा प्रगति हुने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गरेका कामहरूमा सफलता मिल्नेछ । पति–पत्नीबीच सामान्य मनमुटाव होला । अन्य पक्ष भने राम्रै छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सोचेजस्तो प्रगति हुनेछ । कार्यमा सफलता मिल्नेछ । अनुशासित रहनु होला । स्वास्थ्य भने प्रतिकूल हुनेछ ।