श्री शालिवाहनीय शाके १९४२, ने.सं. ११४०, वि.सं. २०७७ साल भदौ २५ गते बिहीबार, १० सेप्टेम्बर २०२० । आश्विन कृष्णपक्षको अष्टमी तिथि २२ः४८ बजेसम्म, उप्रान्त नवमी,
नक्षत्र रोहिणी १७ः३९ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ५ः४७ र सूर्यास्त ६ः१२ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । कार्य– व्यवसायमा केही समस्या आइपर्न सक्छ ।अरूको काममा बढी समय दिनुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका नया“ स्रोतहरू फेला पर्नेछन् । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला । यात्राको योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
दैनिक काममा प्रगति होला । प्रेमपक्ष सुमधुर रहनेछ । लामो समयदेखि रोकिएका कामहरू सुचारु हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । घरपरिवारमा शुभकार्यको चर्चा चल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । बन्न लागेको काममा बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विवादमा फसिने समय छ । बोल्दा विचार पुर्याउनु होला । आमाको स्वास्थ्यमा समस्या आउने देखिन्छ ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला । फलदायी यात्राको योग छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मुद्दा–मामिलामा तपार्इंको विजय हुनेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । समय सामान्य छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्य सम्पादनमा सफलता मिल्ला । सानो कामबाट ठूलै उपलब्धि हासिल हुनेछ । रोजगारीको अवसर मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धातुजन्य व्यवसायको लगानी फस्न सक्ने देखिन्छ । साझेदारीका कार्यहरूमा पनि असमझदारी हुने देखिन्छ ।