श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ २६ गते शुक्रबार, ११ सेप्टेम्बर २०२० । आश्विन कृष्णपक्षको नवमी तिथि २३ः२२ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र मृगशिरा १२ः०५ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः४८ र सूर्यास्त ६ः१० बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । नया“ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाज सुचारु होलान् । मातृपक्षको सहयोग प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । राजनैतिक निकायमा तापईंको उच्चस्थान रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा मन जानेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साहित्यसम्बन्धी रूचि झनै बढेर जानेछ । नया“ काममा लगानी नगरेकै राम्रो होला । विवादमा फस्ने समय छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शारीरिक आलश्यता बढेर जाला । नया“ क्षेत्रको कामले पीडा दिने देखिन्छ । अध्ययनका क्षेत्रमा भने प्रगति होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइएला । फलदायी यात्रा होला ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । शुभसमाचार सुन्न पाइएला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मन खिन्न रहला । पारिवारिक समस्या तथा खर्च बढेर जाला । परिवारजनबाट टाढा भएकाहरूलाई त्यति राम्रो छैन ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । साथीभाइको सहयोग प्राप्त भइरहला । मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिवारमा माङ्गलिक कार्य होला । मिष्ठान्न भोजनको योग छ । धार्मिक विषयवस्तुमा रुचि बढेर जाला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कार्ययोजना बढेर जाला । धनार्जनका मार्गहरू प्रशस्त रहलान् । दिनको उत्तराद्र्ध सुखद् देखिन्छ ।