श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ ३० गते मङ्गलबार, १५ सेप्टेम्बर २०२० । आश्विन कृष्णपक्षको त्रयोदशी तिथि २०ः४१ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र अश्लेषा १२ः५५ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः४९ र सूर्यास्त ६ः०७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । नया वस्त्र तथा अलङ्कार प्राप्त हुनेछ । नजिकको व्यक्तिबाट विशेष सहयोग मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रोकिएका कामले निरन्तरता पाउला । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका विशिष्ट व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय राम्राे छ ।आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठेक्का–पट्टा तथा तत्जन्य कार्यमा विशेष लाभ मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमा मन जानेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा शुभकार्यको चर्चा चल्नेछ । अतिथि सेवा सत्कार गर्ने अवसर प्राप्त होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक सभा सम्मेलनमा सहभागी भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ । मन प्रसन्न रहला ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । नयाँ कार्य–व्यवसायको शुभारम्भ होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । शिर तथा नशासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।