श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल आश्विन १ गते बिहीबार, १७ सेप्टेम्बर २०२० । आश्विन कृष्णपक्षको आंैसी तिथि १६ः५९ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र पूर्वफाल्गुनी १०ः५३ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः५० र सूर्यास्त ६ः०५ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेट होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
पारिवारिक जीवनमा खुसीयाली छाउला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यम्खालको छ । कार्य–व्यवसायमा सोचेअनुसारको उपलब्धि नहोला । विश्वासपात्रबाट धोका हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । फलदायी यात्राको योग देखिन्छ ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरीर अस्वस्थ रहला । बन्न लागेको काममा बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा सामाजिक कामबाट सम्मान मिल्ला । लाभदायी यात्रामा सरिक भइनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक सभा सम्मेलनमा सहभागी भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट एवम् खानपिन हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानीका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । कार्य–व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्ला । आर्थिक क्षेत्रमा सक्षम भइएला ।