श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज ३ गते शनिबार, १९ सेप्टेम्बर २०२० । आधिक आश्विन शुक्लपक्षको द्वादशी तिथि १२ः२४ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र हस्ता ७ः५३ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः५१ र सूर्यास्त ६ः२ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
आकस्मात धन सम्पति हात पर्ने योग छ । शुभ कार्यको चर्चा चल्नेछ । धर्मकर्म, समाजसेवा जस्ता कार्यमा मन जानेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तमखालको छ । लामो समयदेखि रोकिएका कामकाजहरु सुचारु हुनेछन् । पारिवारिक जीवनमा खुशियाली छाउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृ पक्षको विशेष सहयोग मिल्ला । आर्थिक पक्ष सवल बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइहरुसित रमाइलो भेटघाट हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा मामिलामा तपाइको विजय हुनेछ । नयाँ कामको शुभारम्भ हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिलला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरिर अस्वस्थ्य रहला । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
छोटो दुरीको यात्रा हुनेछ । धन आर्जनका नयाँ श्रोतहरु पत्ता लाग्नेछन् । न्यायिक काममा सफलता मिल्ला ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका कामकाजहरु सुचारु हुनेछन् । कृषि क्षेत्रमा गरेको लगानीले विशेष लाभ होला । मित्र मिलनको योग छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नया“ कार्ययोजना बढेर जाला । धनार्जनका मार्गहरू प्रशस्त रहलान् । दिनको उत्तराद्र्ध सुखद् देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवारमा माङ्गलिक कार्य होला । मिष्ठान्न भोजनको योग छ । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कार्ययोजना बढेर जाला । धनार्जनका मार्गहरू प्रशस्त रहलान् । शुभ कार्यको चर्चा चल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ ।