श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज ४ गते आइतबार, २० सेप्टेम्बर २०२० । आश्विन शुक्लपक्षको तृतीया तिथि ०९ः५८ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र चित्रा ०६ः१३ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि तुला, सूर्योदय ५ः५२ र सूर्यास्त ६ः०० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
लगनशीलताले कामकाजहरू अगाडि बढ्नेछन् । नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभकार्यको चर्चा चल्नेछ । आफ्नो कार्यक्षेत्रमा प्रभुत्व जमाउन सकिएला । अचल सम्पत्ति हाल पर्ने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट होला ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । घरपरिवारमा शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा समस्या आइपर्न सक्छ । अनावश्यक कामको झन्झट आइपर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । माया–प्रेमको सम्बन्ध विस्तार होला । लाभदायी यात्रामा सरिक भइनेछ ।