झापा । झापामा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरदह-३ का २२ बर्षीय राजेश महतो र सोही स्थानका २७ बर्षीय प्रमानन्द राजबंशी रहेकाे ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएकाे छ ।

गयराती प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका उनिहरूलाई चेकजाँच गर्दा उनिहरूकाेसाथमा १५८ बोतल ईस्कफ लागुऔषध  बरामद गरिएको कार्यालयले जनाएका छ ।

पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।