श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज ७ गते बुधबार, २३ सेप्टेम्बर २०२० । अधिक आश्विन शुक्लपक्षको सप्तमी तिथि २५ः१३ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र ज्येष्ठा २४ः२५ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः५३ र सूर्यास्त ५ः५७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । मन दोधारको अवस्था हुन सक्छ । बन्न लागेको काममा बाधा आइपर्न सक्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रमाइलो यात्राको योग छ । शुभकार्यको चर्चा चल्नेछ । आफ्नो कार्य क्ष्ँेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
समय मध्यम्खालको छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । सानो कुरामा ठूलै विवाद पर्ने सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ठेक्का–पट्टा तथा व्यापार–व्यवसायमा विशेष लाभ मिल्ला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । पारिवारिक जीवनमा खुसीयाली छाउला । यात्राको योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा स्नायुसम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमणीय र सुखद् यात्राको योग छ । नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । रमाइलोमा दिन बित्ला ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभकार्यको चर्चा चल्नेछ । आँटे ताकेका काममा सफलता मिल्ला । टाढिएका साथीभाइसित भेटघाट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । बहुमूल्य वस्तु उपहारमा प्राप्त हुनेछ । माया–प्रेमको सम्बन्ध विस्तार होला । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा पशु चौपायाको व्यापार–व्यवसायमा मन जानेछ । महिलामित्रको विशेष सहयोग प्राप्त भइरहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । लाभदायी यात्राको योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । सानो कामबाट विशेष उपलब्धि हासिल होला । घरपरिवारमा शुभ कार्यको चर्चा चल्नेछ ।