श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज ८ गते बिहीबार, २४ सेप्टेम्बर २०२० । अधिक आश्विन शुक्लपक्षको अष्टमी तिथि २३ः३९ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र मूल २३ः३४ बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः५३ र सूर्यास्त ५ः५६ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धर्म कर्म तथा समाजसेवामा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित भेटघाट हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका नयाँ श्रोतहरू फेला पर्नेछन् । कार्य व्यवसायमा सफलता मिल्ला । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । दिनको उत्तरार्धतिर शुभ समाचार सुन्न पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुन चाँदी तथा तत्जन्य कार्य व्यवसायमा विशेष लाभ मिल्ला । साथीभाइको सहयोग प्राप्त भइरहला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । कार्य सम्पादनमा विशेष लाभ मिल्ला । राजनैतिक निकायमा तपाइको उच्च स्थान रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । लाभदायी यात्राको अवसर मिल्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । आफ्नो भन्दा अरूको काममा बढी समय दिनुपर्ला ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
पठन पाठन तथा लेखन कार्यमा मन जानेछ । जागीरमा बढुवा हुनेछ । राजनैतिक क्षेत्रमा तपाइको उच्च स्थान रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानीका नयाँ श्रोतहरू पत्ता लाग्नेछन् । अवरोध रहेका कामकाजहरू सुचारू हुनेछन् । आफन्तजनको सहयोग प्राप्त भइरहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । बन्न लागेको काममा विघ्न बाधा आइपर्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा शुभ कार्यको चर्चा चल्नेछ । लाभदायी यात्रामा शरिक हुने अवसर मिल्ला ।