ब्लाष्टखबर । सुनसरी हरिनगर-६ घुस्की बस्ने अकमुल अंसारी लागुऔषध सहित पक्राउ परेका छन । गत बिहिबार इनरुवा-१ गोलपार्क एरियामा विशेष सुराकका आधारमा साईकलमा आईरहेका अंसारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
कार्यालयका अनुसार उनिमाथी चेकजाँच गर्दा डाइलेक्स डिसि १०० एम एल लेखिएकाे ४९ बोलत अवैधलागुऔषध प्रहरीले बरामत गरेकाे छ । पक्राउ परेका अंसारीलाइ थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।