श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज ११ गते आइतबार, २७ सेप्टेम्बर २०२० । अधिक आश्विन शुक्लपक्षको एकादशी तिथि २०ः०५ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र श्रवण २१ः०५ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ५ः५४ र सूर्यास्त ५ः५४ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
प्रेम प्रसङ्गमा दिन बित्नेछ । मनमा स्फूर्ति बढ्नेछ । प्राविधिक कार्यले व्यस्त बनाउला । नयाँ ज्ञान सिक्ने योग छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सोचेको कार्यमा बाधा उत्पन्न हुनेछ । सवारी साधनबाट सावधान रहनुहोला । आर्थिक समस्या आइपर्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
रमाइलो यात्राको योग छ । शुभकार्यको चर्चा चल्नेछ । आफ्नो कार्यक्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने देखिन्छ । सोचेअनुरूप काम नबन्नाले तनाव बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भ्रमण गर्ने योग छ । दाम्यत्य जीवन सुखमय रहनेछ । आफन्तजनस“गको भेटले नया“ ऊर्जा प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन–अध्यापनमा मन जानेछ । मान्यजनहरूबाट हौसला प्राप्त गरिएला । नया“ ऊर्जा प्राप्त हुनेछ ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा मन जानेछ । महिलामित्रको विशेष सहयोग प्राप्त भइरहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विचार पुर्याएर बोल्नुहोला । चिताएको कामले तीव्रता पाउनेछ । मन प्रसन्न हुने देखिन्छ । दिन राम्रो छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक क्षेत्रमा तपाईंको उच्चस्थान रहला । लाभदायी यात्राको योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुभसमाचार प्राप्त गर्ने योग छ । सन्तानबाट सुख मिल्नेछ । अरूलाई प्रभावित पारेमा काम बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
महत्वपूर्ण कार्यको थालनी हुनेछ । व्यवसायमा विस्तारै सफलता पाइनेछ । आफन्तस“ग सद्भाव बढ्ने देखिन्छ ।