श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज १३ गते मङ्गलबार, २९ सेप्टेम्बर २०२० । अधिक आश्विन शुक्लपक्षको त्रयोदशी तिथि २२ः५२ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र शतभिषा २४ः०० बजेसम्म, उप्रान्त पूर्वभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः५५ र सूर्यास्त ५ः५२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । महिला मित्रको विशेष सहयोग रहला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मुद्दा–मामिलामा तपाईंको विजय होला । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनमा सफलता मिल्ला । वैदेशिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । रमाइलो वातावरणमा दिन बित्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपाको व्यापार–व्यवसायमा सफलता मिल्ला । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक तथा सांस्कृतिक समारोहमा सरिक हुने अवसर मिल्ला । प्रतिस्पर्धामा सफलता प्राप्त होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । अनावश्यक कामको झन्झटमा फसिएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य सिद्धिको योग छ । विपरीत लि·ीको विशेष सहयोग मिल्ला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बन्धु–बान्धवहरूबाट विशेष सहयोग मिल्ला । काम गर्ने जोश, जाँगर र हिम्मत बढ्नेछ । माया–प्रेमको सम्बन्ध विस्तार होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । समाजका प्रतिष्ठित व्यक्तिसित रमाइलो भेटघाट होला । मन प्रसन्न बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । आँटे ताकेको काममा सफलता मिल्ला । शुभकार्यको चर्चा चल्नेछ । मन आनन्दित रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय सामान्यखालको छ । काममा बिघ्न बाधा आइपर्न सक्ला । बोल्दा बडो विचार पुर्याउनु होला । मन खिन्न रहला ।