श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज १७ गते शनिबार, ०३ अक्टोबर २०२० । अधिक आश्विन कृष्णपक्षको द्वितिया तिथि २१ः१८ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र रेवती २२ः५४ बजेसम्म, उप्रान्त तैतल, चन्द्रमाराशि मीन, सूर्योदय ५ः५७ र सूर्यास्त ५ः४७ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
पठन तथा लेखन कार्यमा सफलता मिल्नेछ । रमणीय स्थानको भ्रमण होला । विछोडिएका साथीसित भेटघाट हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय राम्रो छ । खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा जग्गा–जमीनको कार्य–व्यवसायमा विशेष लाभ मिल्ला । महिला वर्गको सहयोग प्राप्त भइरहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तम खालको छ । वैदेशिक यात्राको लागि विशेष समय रहेको छ । घरपरिवारबाट विछोडिनु पर्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तम छ । शैक्षिक क्षेत्रको माध्यमबाट विभिन्न स्थानको भ्रमण हुनेछ । माया–प्रेमको सम्बन्ध विस्तार होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक क्षेत्रमा तपाईंको उच्चस्थान रहला । लाभदायी यात्राको योग छ
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
मुद्दा–मामिलामा तपाईंको विजय होला । शत्रु पक्ष तपाईंको शरणमा आउनेछन् । वैदेशिक यात्राका लागि उपयुक्त समय मान्न सकिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तम छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिहरूसित रमाइलो भेटघाट होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शैक्षिक क्षेत्रमा सोचेअनुसारको सफलता प्राप्त होला । विछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट एवम् खानपिनमा समय बित्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा मन जानेछ । मान्यजनहरूबाट हौसला प्राप्त गरिएला । नया“ ऊर्जा प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पठनपाठन तथा लेखन कार्यमा मन जाला । विछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट एवम् खानपिनमा समय बित्ला ।