विजयपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अखिल (क्रान्तीकारी) बिच सुनसरीकोे एकता प्रक्रिया टुंगिएको छ ।
अनेरास्ववियूका जिबी गजल संयोजक र क्रान्तीकारीका बुद्रोस लिम्बू सहसंयोजक भएको समितिको ६१ जना सदस्य रहेका छन् ।
एकता प्रक्रियालाई पुर्णता दिनका नेकपा जिल्ला कमिटि सदस्य तथा विद्यार्थी इन्चार्ज लोकेश निरौला, नेकपा जिल्ला कमिटि सदस्य विद्यार्थी सहइन्चार्ज शैलेन्द्र राजधामी अनेरास्ववियू केन्द्रिय सदस्य एकराज दाहाल, खेम रनपहेलीको लामो प्रयासपछि एकता प्रक्रियाले पुर्णता पाएको सहसंयोजक लिम्बूले जानकारी दिएका छन ।
पार्टी एकता भएको लामो समयपछि विद्यार्थीको एकता प्रक्रिया टुङ्गिएको हो ।
एकताबाट केन्द्रीय प्रविधि क्याम्पस हातिसार, जनता बहुमुखी क्याम्पस इटहरी , पिण्डेश्वर विध्धापिठ धरान, सुनसरी बहुमुखी क्याम्पस साबिक अनेरास्ववियू निकटले संयोजक पाएको छ । महेन्द्र बहुमुखी क्याम्पस, पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, सप्तकोसी बहुमुखी क्याम्पस साविक अखिल क्रान्तिकारीले सयोजक पाएको केन्द्रिय सदस्य खेम रनपहेलीले जानकारी दिएका छन ।