श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज १८ गते आइतबार, ४ अक्टोबर २०२० । अधिक आश्विन कृष्णपक्षको द्वितीया तिथि ०७ः४१ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र अश्विनी १२ः०३ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ५ः५८ र सूर्यास्त ५ः४६ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । नयाँ कामको शुभारम्भ हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय राम्रो छ । खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । घरपरिवारमा धार्मिक तथा मांगलिक कार्यक्रमकोे आयोजना होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लेखन कार्यमा सफलता मिल्नेछ । रमणीय स्थानको भ्रमण होला । बिछोडिएका साथीसित भेटघाट हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा विभिन्न अवसरहरू प्राप्त हुनेछन् । रमाइलो यात्राको अवसर आउला । पारिवारिक जीवनमा नयाँ खुशीयाली आउला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तम छ । शैक्षिक क्षेत्रको माध्यमबाट विभिन्न स्थानको भ्रमण हुनेछ । माया–प्रेमको सम्बन्ध विस्तार होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक क्षेत्रमा तपाईंको उच्चस्थान रहला । लाभदायी यात्राको योग छ
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्य छ । कार्य–व्यवसायमा समस्या आइपर्न सक्छ । अनावश्यक झन्झटमा फसिएला । विश्वासपात्रबाट धोका होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तम छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । समाजका गन्यमान्य तथा व्यक्तिहरूसित भेटघाट होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शैक्षिक क्षेत्रमा सोचेअनुसारको सफलता प्राप्त होला । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट एवम् खानपिनमा समय बित्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा मन जानेछ । मान्यजनहरूबाट हौसला प्राप्त होला । नयाँ ऊर्जा प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषि तथा जग्गा–जमीनको कार्य–व्यवसायमा विशेष लाभ मिल्ला । महिला वर्गको सहयोग प्राप्त भइरहला ।