ब्लाष्टखबर ।  बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यालयका फोरम्यानलाई कोरोना संक्रमण भएपछि उपकुलपतिको कार्यालयलाई अर्को सूचना नभएसम्मको लागी सिल गरिएको छ ।

बिहिबार प्रतिष्ठानको हेल्पडेस्कमा ति कर्मचारीको स्वाब लिइएको थियो । उनको शुक्रबार रिपोर्ट पोजिटिभ आएपछि कार्यालय शिल गरिएको हो । उनले सो दिनसम्म नै काम गरेको हुनाले कार्यालय शिल गरिएको हो ।

साथै संगै जोडिएको रेक्टरको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमणको चुनौति देखिएको छ । तसर्थ कोरोना फैलन नदिन र सुरक्षाको लागी कार्यालयलाई सिल गरिएको सूचना उल्लेख छ ।

संक्रमित कर्मचारीलाई शुक्रबार नै प्रतिष्ठानको आइसोलेसनमा पठाइएको छ । रेक्टर र उपकुलपतिको कार्यालयमा कार्यरत सबै कर्मचारीको स्वाब संकलन गरीने भएको छ ।